सार्क (SAARC)


SAARCको पूर्ण रूप South Asian Association for Regional Co-operation हो । सार्कको स्थापना सन् १९८५ डिसेम्बर ७-८ मा सम्पन्न ढाका सम्मेलनबाट भएको हो। सार्कको सचिवालय त्रिदेवीमार्ग, काठमाडौँ (नेपाल) मा रहेको छ।सार्कका स्थापनाकालीन सदस्य राष्ट्रहरू नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का,मालदिभ्स र भुटान गरी ७ वटा हुन्।बंगलादेशको राजधानी ढाकामा सन् २००५ मा भएको १३ औं शिखर सम्मेलनले अफगानिस्तानलाई पनि सदस्यता प्रदान गर्ने निर्णय गरेअनुसार सन् २००७ मा भारतको नयाँ दिल्लीमा भएको १४औं शिखर सम्मेलनदेखि सार्कको आठौं सदस्य राष्ट्रको रूपमा अफगानिस्तानले सदस्यता प्राप्त गरेको हो । दक्षिण एसियाली राष्ट्रहरूको बीचमा सहयोग आदानप्रदान गर्दै क्षेत्रीय समस्याहरूको सामुहिक प्रयासबाट निराकरण गर्दे पारस्पारिक समुन्नति गर्ने उद्देश्यले यसको स्थापना भएको हो। सार्कको पहिलो शिखर सम्मेलनले १० वटा धारा भएको वडापत्रलाई अनुमोदन गरेको छ। यसै वडापत्रका आधारमा सार्कका क्रियाकलापहरू सञ्चालन हुन्छन् ।


सार्क वडापत्रमा हस्ताक्षर गर्ने राष्ट्र तथा सरकार प्रमुखहरू

     नाम                        देश पद 

-  श्री ५ वीरेन्द्र नेपाल राजा

हुस्सेन मुहम्मद एसद बंगलादेश राष्ट्रपति

मौमुन अब्दुल गैयुम मालदिभ् राष्ट्रपति

राजीव गांधी भारत प्रधानमन्त्रि

जियाउल हक पाकिस्तान राष्ट्रपति

जिग्मेसिङ्गे वाङ्चुक भुटान नरेश

जुनियस रिचार्ड जयवर्धने श्रीलङ्क राष्ट्रपति


 सार्कका उद्देश्यहरू

(क) दक्षिण एसियाका जनताहरूको हित    अभिवृद्धि गर्ने र           उनीहरूको जीवनस्तरमा सुधार ल्याउनु, 


(ख) यस क्षेत्रको आर्थिक वृद्धि, सामाजिक उन्नति तथा                सामाजिक विकासलाई द्रुततर पार्ने (अभिवृद्धि गर्ने)              तथा सबै व्यक्तिलाई  उनीहरूको पूर्ण सार्थकता महसुस          गर्नका  लागि सम्मानपूर्वक बस्न अवसर प्रदान गर्नु,

(ग)   दक्षिण एसियाका राष्ट्र मुलुकहरूबीच सामुहिक                    आत्मनिर्भरताको सम्बर्द्धन र विस्तार गर्नु, ।

 (घ)   एकअर्काको समस्याप्रति पारस्परिक विश्वास र                    साझेदारी    बढाउनु तथा मूल्याङ्कन गर्नु ।

(ङ) आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा                  वैज्ञानिक क्षेत्रहरूमा सक्रिय सहभागिता गर्न ।


(च) अन्य विकासशील देशहरूसंगको सहयोगलाई दरिलो            पार्नु, र पारस्परिक सहयोगको अभिवृद्धि पर्न ।


(छ) साझा हितका विषयहरूमा अन्तर्राष्ट्रिय मञ्चहरूमा              आपसमा गर्नुपर्ने सहयोगलाई बलियो पार्नु र 

(ज) समान लक्ष्य र उद्देश्यहरू भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय        सङ्गठनहरूसँग सहयोग कायम गर्नु ।


सार्कको पहिलो शिखर सम्मेलनले १० वटा धारा भएको वडापत्रलाई अनुमोदन गरेको छ। यसै वडापत्रका आधारमा सार्कका क्रियाकलापहरू सञ्चालन हुन्छन् ।

सार्क वडापत्र (SAARC Charter)


सार्क वडा पत्रका १० वटा धारामा निम्न व्यवस्था गरिएको छ 


सार्कका उद्देश्यहरू (SAARC Objectives)    धारा, १ 


धारा, २ सार्कका सिद्धान्तहरू SAARC Principles) 

सार्कका सिद्धान्तहरू


(क) सङ्गठनको ढाँचाभित्रका सहयोग एकअर्काको सार्वभौम        समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा        एकअर्काको आन्तरिक मामलामा हस्तक्षेप र पारस्परिक        हितका सिद्धान्तको सम्मानमा आधारित हुनेछ ।

(ख) यस्तो सहयोग द्विपक्षीय तथा बहुपक्षीय सहयोगको               बदलामा नभई त्यसको पूरकको रूपमा हुनेछ । 

(ग) यस्तो सहयोग द्विपक्षीय तथा बहुपक्षीय दायित्वको उद्देश्य        विपरीत हुनेछैन ।


धारा, ३ राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूको बैठक (शिखर सम्मेलन) Meeting of the Heads of States or Government)

राष्ट्र / सरकार प्रमुखहरू बैठक (शिखर सम्मेलन)

 सार्क राष्ट्र / सरकार प्रमुखहरूको बैठक सार्कको सर्वोच्च अङ्ग हो । यसलाई शिखर सम्मेलनको रूपमा पनि चिनिन्छ ।हालसम्ममा १८ वटा सार्क शिखर सम्मेलन सम्पन्न भैसकेका छन् । यसको बैठक बर्षको एक पटक वा सदस्य राष्ट्रले आवश्यक ठानेमा एक पटकभन्दा बढी बस्ने व्यवस्था भएकोमा १८ औं सम्मेलनले हरेक २/२ वर्षमा वा सदस्य राष्ट्रले आवश्यक ठानेको समयमा बस्ने गरी निर्धारण गरेको छ। मन्त्रिपरिषद्ले लिएका निर्णयलाई अन्तिमरूप शिखर सम्मेलनले दिन्छ


धारा, ४ मन्त्रिपरिषद् Council of Ministers)


धारा ५ स्थायी समिति Standing Committee) 

धारा, ६ प्राविधिक समितिहरू (Technical Committee)


धारा, ७ कार्यसमितिहरू (Action Committees)


धारा, ८ सचिवालय (Secretariat)

 धारा, ९ वित्तीय प्रबन्ध / व्यवस्था Financial Arrangements)


धारा, १० सामान्य व्यवस्था General Provisions ) 

-Decisions at all level shall be taken on the basis of unanimity, bilateral and contentions issues shall be excluded from the deliberations.


सार्कका विशेषताहरू


१. सदस्य राष्ट्रका राष्ट्रिय अंगकारूपमा संगठनका अंगहरू रहेका छन् ।


२. सम्मेलन प्रणालीअनुसार सचिवालय बाहेकका सबै अंगहरूले कार्य गर्ने ।


३. निर्णयको लागि सचिवालय बाहेक अरू सबै अंगहरूमा सर्व सम्मतिको आवश्यकता हुने ।


४. संगठनको अधिकार क्षेत्रभित्र कुनै पनि दुईपक्षीय र विवादास्पद विषयहरू नपर्ने ।


५. सदस्य राष्ट्रहरूको स्वेच्छामा संगठनको वित्तीय व्यवस्था निर्भर छ ।


सार्कका अंगहरू


१. राष्ट्र सरकार प्रमुखहरूको वैठक / शिखर सम्मेलन (The Summit Conference)


२. मन्त्रिपरिषद्को बैठक (Meeting of Ministers )


३. स्थायी समिति (Permanent Committees) 


४ . सार्क कार्यक्रम समिति (SAARC Programming Committee)


५. प्राविधिक समितिहरू (Technical Committees) 


६. सार्क सचिवालय (Secretariat ) ।



हालसम्मका सार्क शिखर सम्मेलनहरू

पहिलो

सन् १९८५ डिसेम्बर ७-८

ढाका

बंगलादेश

दाेस्राे सन् १९८६ नोभेम्बर  

१७- १८  बेंगलोर

भारत


तेस्री

सन १९८७ नोभेम्बर २-४ काठमाडौं नेपाल


चौथो

सन् १९८८ डिसेम्बर २९-३१ इस्लामावाद

पाकिस्तान


5 पाँच

सन् १९९० नोभेम्बर २१ -२३ माले

माल्दिभ्स


छैठोँ सन १९९१ डिसेम्बर २१

कोलम्बो

श्रीलङ्का

सातौं

सन् १९९३ अप्रिल १०-११

ढाका

बंगलादेश

आठोँ सन् १९९५ मे २-४

नयाँदिल्ली

भारत

नवी सन् १९९७ मे १२-१४ माले

मालदिभ्स


१० दशौ

सन् १९९८ जुलाई २९-३१

कोलम्बो

श्रीलङ्का

११ एघार सन् २००२ जनवरी २१-२२

काठमाडौं 

नेपाल


१२ वाहाँ

सन् २००४ जनवरी ५-६

इस्लामावा पाकिस्तान


१३ तेह सन् २००५ नोभेम्बर १२-१३

ढाका बंगलादेश

१४ चौधौं

सन् २००७ अप्रिल ३-४

नयाँदिल्ली

भारत

१५ पन्ध्र सन् २००८ अगष्ट १-३

कोलम्बाे श्रीलङ्का

१६ सोही

सन् २०१०, अप्रिल २८ २ थिम्पु भुटान


१७ सत्राँ

सन् २०११, नोभेम्बर १०-११

आडुएटोल माल्दिभ्स


१८ अठार सन् २०१४ नोभम्बर २६-२७

काठमाडौँ

नेपाल


उन्नाइसी । सन् २०१६ को अन्त्यमा पाकिस्तानमा आयोजना गर्ने गरी प्रस्ताव गरिएको भएतापनि भारत | पाकिस्तानको विवादका कारण हाल सम्म आयोजना हुन नसकेको ।


सार्कको १८ औ शिखर सम्मेलन


दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्क (South Asian Association for Regional Co-operation = SAARC) को अठारौं शिखर सम्मेलन नेपालको काठमाडौंस्थित राष्ट्रिय सभागृहमा वि.सं. २०७५ मंसिर १० र ११ (सन् २०१४ नोभेम्वर २६ - २७) सम्पन्न भयो। सम्मेलनको अध्यक्षता नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए। यस सम्मेलनले २७ शीर्षकमा ३६ बुँदे घोषणा पत्र जारी गरेको थियो। घोषणा पत्रमा भएका व्यवस्था तथा सम्मेलनका अन्य महत्त्वपूर्ण जानकारी निम्न छन् : 

-   आगामी १९ औं सार्क शिखर सम्मेलन सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा गर्ने ।


-     सार्क शिखर सम्मेलन प्रत्येक २/२ वर्षमा वा आवश्यकताअनुसार (त्योभन्दा पनि अघि गर्न सकिने) सार्कमन्त्रिपरिषद्को बैठक हरेक वर्षको १ पटक, सार्क स्थायी समितिको बैठक वर्षको कम्तिमा १ पटक गर्ने र कार्यक्रम समितिको बैठक वर्षमा २ पटक गर्ने। कार्यक्रम समितिलाई सार्कको घोषणापत्र अङ्ग (Charter Body) बनाउने ।


-    १८औं सार्क शिखर सम्मेलनको नारा 'शान्ति र समृद्धिका लागि गहन एकता' (Deeper Integration for Peace and Prosperity) थियो ।


-    सन् २०१६ लाई 'सार्क सांस्कृतिक सम्पदा वर्ष' (SAARC Cultural Heritage Year) को रूपमा मनाउने । सार्क क्षेत्रका मुख्य बौद्ध स्थलहरूलाई जोड्न 'बौद्ध सांस्कृतिक मार्ग' विकास गरिने ।


- साइवर अपराध नियन्त्रण डेस्क स्थापना गरिने ।


-    संयुक्त राष्ट्रको ६९औं महासभालाई १२ लाई विश्व युवा सीप दिवस' घोषणा गरिएको सन्दर्भमा यसला स्वागत गर्दै सार्क क्षेत्रमा पनि मनाउने निर्णय । 


- उर्जा व्यापार/विकासका लागि सहकार्य गर्न सार्क उर्जा (विद्युत) सम्झौतामा हस्ताक्षर । यसले एक अर्को देशमा विद्युत व्यापार गर्ने अवसर सृजना गरेको।


-  सार्क खाद्य बैंक सम्झौताबाट सहोल्ड हवने निर्णय


- सार्क मुलुकमा सरकारी र निजी क्षेत्रका सञ्चार         माध्यमहरूलाई एक आपसमा सहकार्य गराई सूचना सञ्चारक्षेत्रलाई बढी घनीभूत बनाउने । आन्तरिक र एक अर्को देशमा हुने वाद विरुद्ध लडन सहयोग र सहकार्यको प्रतिवद्धता


-समुद्रमा आधारित Blue Economy को वृद्धि र विकासका लागि सहकार्य गर्न जोड


- सार्कलाई १५ वर्षभित्र आर्थिक संघ (South Asian Economic Union SAEU) बनाउने प्रतिवद्धता व्यक्त सार्क मुलुकहरूबीच नागरिक आवागमन अनुमति (Visa) प्रक्रिया सरलीकरण गरी जनस्तरमा सम्बन्ध अगाडि बढाउने 


-सार्क मुलुकहरूमा सडक र रेलमार्ग सेवा बढाउन अबिलम्ब काम शुरु गर्ने सहमति प्रकट 


-क्षेत्रीय स्वास्थ्य मुद्दाहरू सम्बन्धी माले रिजोलुसन अनुमोदन गर्नुका साथै सन् २०३० सम्ममा सार्क क्षेत्रबाट एड्सको महामारी अन्त्य गर्न जोड दिने निर्णय ।