मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ आउँदै





 मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।

कसकाे लागि कति शेयर कित्ता


-  कम्पनीले आफ्नो जारी पुँजी रु.७६ करोडको       १० प्रतिशत अर्थात् सात करोड ६० लाख              बराबरको प्रतिशेयर रु. एक सय  दरका सात        लाख ६० हजार कित्ता शेयर आयोजनाबाट          बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । 

-  अति पीडित क्षेत्र दोलखाको गौरीशङ्कर              गाउँपालिका ५ र ६ का बासिन्दामा तीन लाख      चार हजार कित्ता र पीडित क्षेत्र गौरीशङ्कर          गाउँपालिका- १, २, ३, ४, ७, ८ र ९ का                बासिन्दाका लागि तीन लाख ४२ हजार कित्ता     शेयर छुट्याइएको


-   सामान्य पीडित क्षेत्र दोलखाकै विगु                    गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दामा          एक लाख १४ हजार कित्ता शेयर बाँडफाँट           गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ 

 -  सर्वसाधारण लगानीकर्ताका  लागि एक करोड       ५२ लाख बराबरको रु. एक सय दरको एक           लाख ५२ हजार कित्ता शेयर नेपाल                     सरकारको  सम्बन्धित निकायबाट श्रम                 स्वीकृति प्राप्त गरी विदेशमा रोजगार                  गरिरहेका नेपालीका लागि निष्काशन गरिने          गरिने कम्पनि ले जनायकाे छ।


-   स्थानीय लगानीकर्ताले शेयर खरिदका लागि        न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार        कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहिले सम्म आवेदन दिने

 -  तीमध्ये आयोजनाबाट पीडित क्षेत्रका                  बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही      माघ २९ गतेसम्म हुनेछ भने ढिलोमा आगामी        फागुन १५ सम्म हुने कम्पनीले जनाएको छ ।        वैदेशिक रोजगारीमा रहेका नेपालीले भने              अधिकतम ५० हजार कित्ताका लागि माघ २९        गतेभित्र आवेदन दिनुपर्नेछ ।

कसरी आवेदन दिने

 स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक र लक्ष्मी बैंकले तोकेका शाखा कार्यालय र प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट 'मेरो शेयर' मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिकी
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर नेपालले 'केयर एनपी बीबी इस्युअर' रेटिङ प्रदान गरेको छ । कम्पनीले दोलखाको गौरीशङ्कर दशमलव चार मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजना निर्माण गरी उत्पादन सुरु गरिसकेको छ भने सोही गाउँपालिकामा सात मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माण  गरि रहेको छ।

 

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

 

 आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जारी पुँजीअन्तर्गत रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण शेयर निष्कासन गर्न आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्तलागिएको हो । कम्पनीले प्रतिशेयर रु. एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयर खुल्ला गरिने जनाएको छ ।



कसकाे लागि कति शेयर कित्ता

 - २०३३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका      नेपालीलाई,

 - ३११७ कित्ता शेयर कर्मचारीलाई,

-  १०१ ७० कित्ता शेयर सामूहिक लगानी कोषका     लागि,

  - १६९७५५ कित्ता शेयरमा सर्वसाधारणले                आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 


 कसकाे लागि  कहिले  आवेदन  दिने ?


  - वेदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ      १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन        दिनुपर्ने

  -सर्वसाधारण ले  फागुन ११ गतेदेखि १५                गतेसम्म आवेदन दिन सक्नेछन् । 

  - अवधिमा मागबमोजिम आवेदन नपरेढिलोमा        आगामी फागुन २५ सम्म निष्कासन खुला रहने      कम्पनीले जनाएको छ । 

 -  लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम          १० कित्तादेखि अधिकतम हजार कित्तासम्म          आवेदन दिन सक्नेछन् ।